१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हुम्लाका २४ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

जनकबहादुर शाही

हुम्ला — हुम्लाका २४ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । सातवटा स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका २४ हजार १ सय ४९ जना बालबालिकालाई टाइफाइड खोप लगाइने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

हुम्लाका २४ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

स्वास्थ्य सेवा कार्यालय हुम्लाद्वारा सोमबार सदरमुकाम सिमकोटमा आयोजित एक दिने गोष्ठीमा चैत २५ गतेदेखि वैशाख पाँच गतेसम्म सबै पालिकाका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाउन अभियान सञ्चालन गरिने भएको हो । कार्यालयका प्रमुख सिंहका अनुसार देशैभरि एक चरणमा यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेभित्र सम्पन्न गर्ने गरी तय भएको मितिअनुसार खोप लगाइने भए पनि हुम्ला भौगोलिक आधारमा विकट भएका कारण चैत २५ देखि वैशाख पाँच गतेसम्म खोप लगाएर सम्पन्न गरिने भएको हो ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेका बालबालिकाका लागि स्वास्थ्यकर्मी खटाइएका स्वास्थ्यकर्मी यदि हिमपातले र विविध समस्याले त्यहाँ जान नसके दोस्रो पटकको अभियानमा पुनः पठाइने भएको कार्यालयका प्रमुख सिंहले बताए ।

हुम्लाका सातवटा गाउँपालिकामा नाम्खामा १८, सिमकोटमा २५, खार्पुनाथमा १८, सर्केगाडमा २५, चंखेलीमा २५, अदानचुलीमा १९ र ताजकोटमा २० गरेर १५० वटा खोप केन्द्रबाट यहाँका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको हो । खोप पाउने बालबालिकाको संख्या नाम्खा गाउँपालिकामा एक हजार ९१, सिमकोट ५ हजार २ सय ८३, खार्पुनाथ २ हजार ९सय ३०, सर्केगाड ४ हजार ९ सय ९०, चंखेली २ हजार ८ सय ५५, अदानचुली ३ हजार ९ सय २२ र ताँजकोटमा ३ हजार ७८ गरि २४ हजार बालबालिकालाई खोप लगाइने भएको छ ।

हुम्ला भौगोलिक रुपमा विकट जिल्ला भएर चैत २५ देखि वैशाख ५ सम्म नेपाल सरकारको यो अभियान सम्पन्न गर्ने लक्ष्य रहेको छ । टाइफाइड रोगविरुद्धको खोप अभियान सफल पार्न जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायत सञ्चारकर्मीको सहभागिता थियो ।

प्रकाशित : चैत्र २२, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?