कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

हुम्लाबाट तीन महिनामा पाँच लाख केजी जडिबुटी निकासी

जनकबहादुर शाही

हुम्ला — जडिबुटीको खानी मानिने हिमाली जिल्ला हुम्लाबाट गत पुसयता पाँच लाख केजीभन्दा बढी जडिबुटी निकासी भएको छ । हुम्ला जिल्लावासीको मुख्य आयस्रोत नै जडिबुटी हो ।

हुम्लाबाट तीन महिनामा पाँच लाख केजी जडिबुटी निकासी

हुम्लाबाट यस वर्ष १३ प्रकारका जडिबुटी निकासी भएका छन् । सबै प्रकारका जडिबुटी गरी ५ लाख केजीभन्दा बढी जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय हुम्लाका वन अधिकृत रेणु न्यौपानेले बताइन् ।

जिल्लाबाहिर निकासी गरिएको जडिबुटी हुम्ला जिल्लामा रहेका राष्ट्रिय तथा सामुदायिक वनबाट सङ्कलन गरिएको हो । तीन महिनाको अवधिमा तीन लाख ४० हजार केजी जटामासी, ४९ हजार पाँच सय केजी कुट्की, ४८ हजार ६ सय केजी सेतक चिनी, २० हजार केजी सुगन्धवाल, १४ हजार ६ सय केजी अतीस, एक हजार केजी चिराइतो, पाँच केजी सिलाजित, चार हजार केजी धुपी, पाँच सय १० केजी कालादाना, एक हजार दुई सय ५० केजी वन लसुन, पाँच सय २० केजी अल्लो, एक हजार केजी वीस र ४५ केजी गुच्ची च्याउसहित अन्य जडिबुढी जिल्लाबाट निकासी भएको अधिकृत न्यौपानेले बताइन् ।


कार्यालयको पञ्चवर्षीय योजना अनुसार जडिबुटी निकासी गरिएको बताइएको छ । जटामासीबाहेक अन्य जडिबुटीको सङ्कलन पुर्जी डिभिजन वन कार्यालय हुम्लाले दिएको हो भने जटामसीको सङ्कलन पुर्जी वन विभागबाट दिइएको न्यौपानेले बताइन् । स्थानीयले जंगलबाट संकलन गरेको जडिबुटीलाई जिल्लामा दर्ता भएका ४० भन्दा बढी जडिबुटी फर्मका व्यापारीहरुले जिल्लाबाट निकासी गरेका हुन् ।

जडिबुटी व्यापारीहरुले जिल्लामा जडिबुटी संकलन दस्तुर वापत एक करोड ८७ लाख १६ हजार पाँच सय राजश्व उठेको डिभिजन वन कार्यालय हुम्लाले जनाएको छ । जसमा जटामासी संकलन अनुमति वन विभागले दिने भएकाले जटामसी संकलन दस्तुर एक करोड ७० लाख विभागमा र अन्य जडिबुटीको संकलन अनुमति डिभिजन वन कार्यालय हुम्लाले दिने भएकाले जटामासीबाहेक अन्य जडिबुटीको संकलन दस्तुर वापत १७ लाख १६ हजार पाँच सय रुपैयाँ जिल्लामा राजश्व जम्मा भएको अधिकृत न्यौपानेले बताइन् ।


प्रकाशित : चैत्र २०, २०७८ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?