कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कर्णाली विकासका लागि ६ वटा ‘ब’लाई ध्यान दिऔं : मुख्यमन्त्री शाही

जनकबहादुर शाही

हुम्ला — कर्णालीका मुख्यमन्त्री शाहीले समृद्धि र विकास हेर्न चाहने हो भने प्रदेशका सबै निकायहरूले ६ वटा ‘ब’लाई ध्यान दिनुपर्ने बताएका छन् । ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा मुख्यमन्त्री शाहीले राज्यका सबै निकायले ६ वटा ‘ब’लाई ध्यान दिए कर्णाली समृद्ध हुने बताएका हुन् ।

कर्णाली विकासका लागि ६ वटा ‘ब’लाई ध्यान दिऔं : मुख्यमन्त्री शाही

जहिले पनि केन्द्रिय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फर्नका लागि ६ वटा ‘ब’ (बाटो, बिजुली, विचार, वन, बजार र व्यवस्थापन) लाई ध्यान दिन आवश्यक रहेको मुख्यमन्त्री शाहीले बताए । कर्णालीको विकासका लागि ६ ‘ब’ लाई प्राथमिकतामा राखेर काम गर्ने हो भने सोचेअनुसारको कर्णाली बनाउन सकिने उनले बताए ।

सुर्खेतमा संचालन भएको ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफू लिने र प्रदेशमा बनेका बाटो, बिजुुली, सिँचाई, सडक, भवन, सरसफाइ लगायत नयाँ र राम्रा कार्य भए त्यसको जस जनतालाई दिने तर आफू प्रदेश सरकार सञ्चालनको मुख्य जिम्मेवारीमा भएकाले कर्णालीमा हुने सबै खाले नराम्रा कामको जिम्मा लिन आफू तयार रहेको बताए ।

कर्णालीमा गरिबीको समस्या नभएर मानसिक गरिबी मुख्य समस्या भएकाले जबसम्म कर्णालीवासीको मानसिकतामा रहेको गरिबीलाई हटाउन सकिँदैन तबसम्म कर्णालीको समृद्धि र विकास नहुनेसमेत उनले बताए ।

प्रकाशित : चैत्र २०, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?