कर्णालीलाई पूर्ण सफाइयुक्त प्रदेश बनाउने अभियानमा मुख्यमन्त्री शाही

जनकबहादुर शाही

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीलाई पूर्ण सरसफाइयुक्त र स्वच्छ प्रदेश बनाउने अभियानको सुरुआत गरेको बताए । यसको उदाहरणको रुपमा प्रदेश राजधानी वीरेन्द्रनगरलाई हेर्नुपर्ने उनले बताए ।

कर्णालीलाई पूर्ण सफाइयुक्त प्रदेश बनाउने अभियानमा मुख्यमन्त्री शाही

शनिबार वीरेन्द्रनगर नगरपालिका-५ लाई पुर्ण सरसफाइयुक्त वडा घोषणा गर्दै मुख्यमन्त्री शाहीले सरसफाइले समाजको असली परिचय दिने बताए । मुख्यमन्त्री शाहीले प्रदेश राजधानीलाई सरसफाइ, स्वच्छ, पूर्वाधारयुक्त बनाउन प्रदेश सरकार लागि परेको बताए । उनले प्रदेश राजधानीको विकास नभएसम्म अन्य ठाउँको विकास नहुने पनि बताएका थिए ।

यस्तै प्रदेश सरकारको ध्यान सम्पूर्ण सूचकहरुमा वीरेन्द्रनगरलाई पूर्ण बनाउन केन्द्रित भएको उनले बताए । साथै यस अभियानमा स्थानीय तहहरुको हातेमालो र सहयोगको खाँचो रहेको भन्दै उनले आह्वान गरेका थिए । मुख्यमन्त्री शाहीले कर्णालीले जसरी सुरुमा एकमतका साथ नाम र राजधानी तय गर्‍यो त्यसैगरी पूर्ण सरसफाइ र स्वच्छ प्रदेश पनि बनाउन अग्रसर हुनुपर्ने बताए ।

वीरेन्द्रनगर नगरपालिकाको ५ नम्बर वडा कर्णाली प्रदेशको तेस्रो र सुर्खेतको पहिलो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ । यसअघि हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका-१ लाली कर्णाली प्रदेशकै पहिलो र हुम्ला जिल्ला सर्केगाड गाउँपालिका-३ उनापानीलाई दोस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको थियो ।

प्रकाशित : चैत्र १९, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?