बेलिब्रिजले हुम्ला र मुगु सडक सञ्‍जालमा जोडिए

जनकबहादुर शाही

हुम्ला — मुगुको इमालमोरमा बेलिब्रिज बन्दा हुम्ला र मुगु सडक सञ्जालसँग जाडिएका छन् । हुम्ला र मुगुका स्थानीयहरुलाई कर्णाली नदी वारपार गर्न समस्या भएपछि स्थानीय सरकारको लगानीमा बेलिब्रिज जोडिए पछि हुम्ला जिल्ला मुगुसँग सडक सञ्जालमा जोडिएको हो ।

बेलिब्रिजले हुम्ला र मुगु सडक सञ्‍जालमा जोडिए

मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ३ र १३ मा रहेको इमालमोर भन्ने स्थानमा मुगु कर्णालीमाथि बेलिब्रिज निर्माण गरिएको हो । छायानाथ रारा नगरपालिका–१ देखि हुम्लाको चंखेली गाउँपालिका हुँदै हुम्ला कर्णालीसम्म ग्रामीण पहुँच कार्यक्रमले सडक बनाएर मुगु र हुम्ला जोडेको भएपनि पनि मुगु कर्णाली नदीमा पुल नहुँदा यहाका स्थानीय सडक बनेर पनि यातायातको सुविधा लिनबाट वञ्चित थिए ।

तत्कालीन जिल्ला विकास समिति हाल संघीय सरकार माताहत करिब ६ करोडको ठेक्का गरेर मुगु हुम्ला लिंक रोडको मुगु कर्णाली नदीमा पक्की पुल बनाउन ठेक्का लगाए पनि प्राविधिक कारण देखाउँदै समयमा पक्कि पुल नबन्दा यो समस्या आएको हो । मुगु कर्णाली पारि रहेका छायानाथ रारा नगरपालिका–१३ र १४ मा सडक बनेपछि कर्णाली नदीमा पुल नहुँदा स्थानीयले दु:ख पाएपछि छायानाथ रारा नगरपालिकाले ५ करोड २० लाख ५५ हजार ९ सय २ रुपैयाँमा बेलिब्रिज निर्माण सम्पन्न गरी हुम्लासँग सडक सञ्जाल जोडिएको छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजन शाहीले बताए ।

बेलीब्रिजल मुगु र हुम्ला जोडेसंगैे अब केही सहज हुने चंखेली गाउँपालिकाका उपाध्यक्ष विमला शाहीको भनाइ छ ।

प्रकाशित : चैत्र १९, २०७८ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?