कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रुकुम पश्चिम बस दुर्घटना : क्षतिपूर्ति माग्दै यातायात अवरुद्ध

हरि गौतम

रुकुम पश्चिम — रुकुम पश्चिममा बस दुर्घटनाका घाइते तथा मृतकका आफन्तले क्षतिपूर्ति माग्दै सडक बन्द गरेका छन् । बुधबार बिहानैदेखि जिल्लाभित्र र बाहिर जाने तथा बाहिरबाट जिल्ला भित्रिने सवारी साधन चलेका छैनन् । दुर्घटनाका पीडितले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।

रुकुम पश्चिम बस दुर्घटना : क्षतिपूर्ति माग्दै यातायात अवरुद्ध

गत मंसिर २० गते बेलुकी मुसीकोट नगरपालिका–२, बरेली बजारमा जन्ती बस दुर्घटनामा परेको थियो । बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए ।

दुर्घटनाका मृतकका आफन्तले क्षतिपूर्ति नपाएको, घाइतेहरुको उपचार खर्च नबेहोरिएको तथा बसका चालक, बस मालिक तथा समितिविरुद्ध कुनै कानुनी कारबाही नचालेको भन्दै पीडितले सवारीका साधन चल्न दिएका छैनन् । ठाउँठाउँमा दुर्घटनाका मृतक बुदु खड्काको तस्बिरसहितको ब्यानर राखेर सवारी चल्न दिइएको छैन ।

घटना भएको लामो समयसम्म पनि कानसनी कारबाही सुरु नभएपछि आन्दोलन गर्नु परेको घाइते टेकबहादुर बस्नेतले बताए । दुर्घटनालगत्तै पक्राउ परेकालाई पनि प्रहरीले छाडेको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

घाइते बस्नेतका अनुसार उपचारमा मात्रै ३१ लाख बढी रुपैयाँ खर्च भएको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले पीडित पक्ष प्रहरी र यातायात प्रालिबीच छलफल सुरु भएको जानकारी दिए । केही दिनअघि नै बन्द गर्न तयारी गरिरहेकाहरुलाई केही दिनमा रोकिन आग्रह गरेर छलफलमा बसालिएको प्रजिअ घिमिरेले बताए ।

प्रकाशित : फाल्गुन २५, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?