कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हेलिकप्टरमै जन्मियो बच्चा

ज्योति कटुवाल

सुर्खेत — मुगु खत्याड गाउँपालिका वडा ४ की एक महिलाले हेलिकप्टरमै बच्चा जन्माएकी छन् । १८ घण्टा लामो सुत्केरी व्यथा लाग्दा पनि सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार उद्धार गरिएकी २० वर्षीया धनलक्षी रावलले उडिरहेको हेलिकप्टरमै बच्चा जन्माएकी हुन् ।

हेलिकप्टरमै जन्मियो बच्चा

'मंगलबार महाशिवरात्रि एवम् सेना दिवसको अवसरमा महिलाले उडिरहेको हेलीमै बच्चा जन्मियो,' नेपाली सेनाको पश्चिम कमाण्ड हेड क्वार्टरका सेनानी विलिना मल्लले भनिन्, ‘कर्णालीका धेरै सुत्केरीको उद्वार गरियो तर, पहिलो पटक यसरी आकाशमै बच्चा जन्मिएको हो ।’

सुत्केरीलाई अहिले प्रदेश अस्पताल कालागाउँमै राखिएको छ । सुत्केरी र बच्चाको अवस्था भने सामान्य रहेको बताइएको छ ।

महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्वार गरिएको उनले बताइन् ।

प्रकाशित : फाल्गुन १७, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?