२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सल्यानमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिकाको केन्द्र लुहामबाट टुनिबोट जाँदै गरेको रा १ ह ५०५२ नम्बरको अटो शनिबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा त्रिवेणी गाउँपालिका ५ मुलाबारीका ४४ वर्षीय टेकबहादुर बिकको मृत्यु भएको हो ।

सल्यानमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

अटो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बिकको उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लुहाम सल्यानका इन्चार्ज श्यामप्रकास यादवले बताए ।

अटो अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने उनले बताएका थिए । उनका अनुसार दुर्घटनामा परेको अटो सडकदेखि सय मिटर तल खसेको छ । अटोमा चालक बिक मात्र सवार रहेका थिए । मृत्यु भएका चालकको जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम भइरहेको छ ।

प्रकाशित : माघ १५, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?