१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जिल्ला अस्पताल हुम्लाका स्वास्थ्यकर्मी संक्रमित, आकस्मिकबाहेकका सेवा बन्द

जनकबहादुर शाही

हुम्ला — जिल्ला अस्पताल हुम्लाका ६ जना कर्मचारीलाई कोरोना संक्रमण हुँदा आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । एकैपटक अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि आकस्मिकबाहेक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । 

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले प्रसूति सेवा, कोरोना परीक्षण र खोप लगाउने कार्य यथावत् रहेको बताए । उनका अनुसार जिल्लामा बुस्टर डोजबाहेक कोरोना विरुद्धको पहिलो र दोस्रो खोपको मौज्दात राम्रो रहेकाले खोप अभियानमा कुनै असर पर्ने छैन ।

अस्पतालका ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको दिन २८ जनाको स्वाब परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएका सबै रानीवनस्थित आइसोलेसनमा रहेका छन् ।

गत असोजपछि कोरोना संक्रमित शून्य रहेको हुम्लामा कोरोनाको तेस्रो लहर फैलिएपछि ३ पुरुष र ६ महिला पहिलो कोरोना संक्रमण देखिएको थियो । कोरोनाको दोस्रो लहरमा ३ हजार १ सय ३० जनाको परीक्षण गर्दा ३ सय ९९ जनामा संक्रमण देखिएको थियो भने ५ जनाको कारण ज्यान गएको थियो ।

मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षण दायरा बढाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रकाशित : माघ ९, २०७८ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?