कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायाधीशसहित कर्मचारीलाई कोरोना देखिएपछि सल्यान जिल्ला अदालत बन्द

विप्लव महर्जन

सल्यान — न्यायाधीशसहित तीनजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत सल्यानले अति आवस्यक मुद्दा बाहेक अन्य सेवा बन्द गरेको छ ।

न्यायाधीशसहित कर्मचारीलाई कोरोना देखिएपछि सल्यान जिल्ला अदालत बन्द

सेवाग्राही र अन्य कर्मचारीलाई कोरोना सर्ने जोखिम बढेपछि जिल्ला अदालत सल्यानले अति आवस्यक बाहेकका सेवा बन्द गरेको हो । स्वास्थ्य परीक्षण गर्दा जिल्ला न्यायाधीश लगायत कर्मचारीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कार्यालयले बुधबार नै सूचना प्रकाशन गरेर माघ ७ गतेसम्मका लागि सेवा बन्द गरेको जनाएको छ । संक्रमण नियन्त्रणमा नआए थप केही दिन सेवा रोकिने पनि बताइएको छ ।

अदालतका कर्मचारीहरूका अनुसार जिल्ला अदालत सल्यानबाट हदम्याद सकिने फिराद पत्र, उजुरी, प्रतिउत्तर पत्र तथा अभियोग दर्ता, प्रतिवादीको बयान, थुनछेक आदेश, पक्राउ पुर्जी तथा पक्राउ पुर्जी स्वीकृति, हिरासत निगरानी कक्षमा राख्ने अनुमतिको आदेश दिने लगायतका सेवा मात्र प्रवाह हुने छ ।

मंगलबारसम्म गरिएको परीक्षणमा जिल्लाका विभिन्न स्थानमा गरी ६२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी बाग्चौर नगरपालिकामा कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित : माघ ५, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?