कर्मचारीलाई कोरोना देखिएपछि वाणिज्य बैंक सुर्खेत शाखा बन्द

चाँदनी कठायत

वीरेन्द्रनगर — राष्ट्रिय वाणिज्य बैंक सुर्खेतमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा आइतबार कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

कर्मचारीलाई कोरोना देखिएपछि वाणिज्य बैंक सुर्खेत शाखा बन्द

दुई जना कार्यालय सहयोगीसहित थप तीन जना कर्मचारीमा लक्षण देखिए पनि परीक्षण हुन बाँकी रहेको बैंकका प्रमुख लीलाराम ढुंगानाले जानकारी दिए । उनका अनुसार बैंकको सुरक्षार्थ खटिने एक जना सुरक्षा गार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ ।

बाँकी ९ जना कर्मचारीहरु होम आइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रमुख ढुंगानाले बताए । ‘प्रमुख ढुंगानाले‘कम्तीमा चार दिन संक्रमित कर्मचारीहरुको अवस्था हेर्ने र सामान्य अवस्था भएपछि सीमित सेवा सुरु गर्ने तयारीमा रहेको जनाए ।

सोमबारदेखि बैंक बन्द गरेर सेनिटाइज गर्ने तयारी भइरहेको उनको भनाइ छ । बैंकको सुर्खेत शाखाको सेवा बन्द भए पनि वीरेन्द्रनगर शाखाबाट भने सेवा प्रवाह भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : माघ ३, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?