२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कस्तुरीको बिनासहित एक पक्राउ

जाजरकोट — जिल्ला प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले डोल्पा जिल्लासँग सीमा जोडिएको नलगाड नगरपालिका १० ध्यारगाउँ बस्ने ४५ वर्षीय डिल्ली बहादुर ध्यारलाई वन्यजन्तु कस्तुरीको बिना साथमा लिई हिँडिरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक अर्जुन सिंह साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले नलगाड नगरपालिका –११ चौखा बजारमा उनलाई शनिबार पक्राउ गरेको थियो।

पक्राउ परेका डिल्ली बहादुर ध्यारको शरीर खानतलासी गर्दा हल्का गिलो कालो रंगको डल्लोको टुप्पोमा खैरो सेतो कपाल (रौं) भएको छालासहित तौल गर्दा ३० ग्राम भएको वन्यजन्तु कस्तुरीको बिना बरामद गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय जाजरकोटमा पठाइएको प्रहरीले जनाएको छ ।

राज्यले वन्यजन्तु संरक्षणतर्फ कुनै चासो नदिएपछि जाजरकोट, डोल्पा, जुम्ला लगायतका जिल्लाबाट लोपोन्मुख वन्यजन्तु कस्तुरी, भालु, रेडपाण्डा लगायत आखेटोपहारहरू चोरी सिकारी बढेको छ ।

प्रकाशित : माघ २, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?