१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अदुवा बेचेर सडक

रुकुम पश्चिम — यहाँका स्थानीले अदुवा बेचेर आएको आम्दानीबाट सडक निर्माण गरेका छन् । त्रिवेणी गाउँपालिका–४ का स्थानीयले एक वर्षमा उत्पादित सम्पूर्ण अदुवा एकमुष्ट बिक्री गरेर गाउँ जोड्ने सडक बनाएका हुन् ।

अदुवा बेचेर सडक

भालदुलावासीले झण्डै डेढ किलोमिटर सडक निर्माण गरेर गाउँलाई सडकसँग जोडेका छन् । जुग्रुमखोलादेखि कुरल हुँदै झुल्नेटा जोड्ने सडक निर्माण गरेको स्थानीय कल्पना ओलीले बताइन् । २०७३ सालमा १८ घर परिवारले आफूसँगको अदुवा विक्री गरेर सडक निर्माण गरेको ओलीले जानकारी दिइन् । प्रति परिवार १६ हजारका दरले अदुवा विक्री गरेर सोही रकमबाट गाउँ जोड्ने सडक बनाएको उनको भनाइ छ ।

‘हामीसँग नगद थिएन नगदे बाली अदुवा थियो, सबै घर परिवारले एकमुष्ट अदुवा बिक्री गरेर सडक निर्माणमा नगद हालेका हौं,’ स्थानीय रगविर खड्काले भने, ‘नपुग रकम वडापालिकाबाट विनियोजन भएको थियो ।’

सुरुको ट्र्याक ओपन अदुवा विक्री गरेको २ लाख ८८ हजारबाट गरिएको खड्काले बताए । त्यसमा स्थानीयले पनि थप श्रमदान गरेका थिए । त्यसपछिका हरेक वर्ष सडक मर्मतका लागि भने गाउँपालिकाले बजेट दिने गरेको छ । वर्षातमा विग्रे, भत्केको सडक मर्मतमा गाउँपालिकाले घाइरहेको स्थानीयले बताएका छन् । सडक निर्माण भएपछि तलमाथि गर्न सजिलो भएको अर्की स्थानीय ग्वामी खड्काले बताए ।

प्रकाशित : पुस २९, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?