जाजरकोट एमालेको अध्यक्षमा शाही

हरिहरसिंह राठौर

जाजरकोट — नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न् । मंगलबार गरिएको मतगणनाअनुसार करवीर शाहीलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

जाजरकोट एमालेको अध्यक्षमा शाही

शाहीले कुल ४ सय ३३ मत मध्ये २ सय १७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी शाहीले २ सय १० मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न् । उनले २ सय २५ मत प्राप्त गरी उनका प्रतिस्पर्धी नवराज सिंहलाई पछि पार्दै विजयी भएका हुन् ।

सिंहले १ सय ७७ मत प्राप्त गरेका थिए । सचिवमा नरबहादुर खत्रीलाई पछि पार्दै वीरबहादुर गिरी विजयी भएका हुन् । गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न् । यस्तै उपसचिवमा गोपालबहादुर नेपाली र नरबहादुर बस्नेत निर्वाचित भएका छ्न् । नेपालीले सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छ्न् । बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छ्न् ।

उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयराम न्यौपाने पराजित भएका छ्न् । शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए । करबीर भाइ हुन भने दाइ खीम हुन् ।

प्रकाशित : पुस २७, २०७८ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?