कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान

रासस

कर्णाली — कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले भोलि पुस २८ गतेका लागि अधिवेशन आह्वान गरेको हो ।

कर्णाली प्रदेशसभाको नवौं अधिवेशन आह्वान

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्ने निर्णय भएअनुसार पुस २८ गतेका लागि दिउसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई सूचना गरिएको छ ।

यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मङ्सिर १४ बोलाइएको बैठक प्रतिपक्षी दल नेकपा (एमाले) उपस्थिति नभएका कारण यसको भोलिपल्ट मङ्सिर १४ गते प्रदेशसभा बैठक बसालिएको थियो ।

प्रकाशित : पुस २७, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?