कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सेनाको ‘अर्गानिक कर्नर’

ज्योति कटुवाल

सुर्खेत — स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न नेपाली सेनाले वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालमा ल्याएको छ । नेपाली सेना कल्याणकारी कोषबाट सञ्चालित पसलले छुट्टै अर्गानिक कर्नर स्थापना गरेको छ । अवकाश पाएका र बहालवाला सेनाका परिवारका लागि मंगलगढी चोकमा सुपथ मूल्य सञ्चालनमा ल्याइएको हो ।

सेनाको ‘अर्गानिक कर्नर’

नेपाली सेनाका पश्चिम कमाण्डका कमाण्डपछि उपरथी प्रेम शाहीले सैनिक परिवारलाई केही राहतका लागि पसल सञ्चालनमा ल्याएको बताए । ‘कर्णालीकै उत्पादनलाई विषेश जोड दिएका छौं,’ उनले भने, ‘जुम्ला, मुगु, हुम्ला र डोल्पालगायतका स्थानीय उत्पादनलाई कर्नरमा राखेर किनबेच भइरेको छ ।’ उनले जुम्लाको सिमी, कोदो, फापर, मार्सी, जौं, कागुनो, स्थानीय अचार, मह, गहुँलगायत स्थानीय उत्पादन बिक्रीका लागि राखिएको जानकारी दिए ।

पसल हप्ताको ६ दिन खुल्छ । वीरेन्द्रनगर–३ की नर्वता सिहं सातामा एक दिन उक्त कर्नरमा पुग्छिन् । चुलो चौको र घरपरिवारका अन्यलाई चाहिने सामान कर्नरबाटै किन्ने गरेको उनले बताइन् । श्रीमान्को पेन्सनले घरखर्च धान्न धौधौ परेका बेला सेनाले कर्नर खोलेर धेरै राहत गरिदिएको उनको भनाइ छ । ‘बजारको सामानको मूल्य र सेनाको कर्नरमा पाउने मूल्यमा १० देखि ४० प्रतिशतसम्मको मूल्य फरक छ,’ उनले भनिन्, ‘सुपथ मूल्य पसलबाट सामान किन्न थालेपछि बचत पनि बढेको छ ।’

सुपथ मूल्य पसलका प्रवन्धक सेनानी श्याम चौधरीले १ महिनामा खाद्यान्न मात्रै ४० लाख रुपैयाँसम्मको बिक्री हुने बताए । उनका अनुसार असोज, कात्तिक र मंसिरमा मात्रै झन्डै ३ करोड रुपैयाँको सामान बिक्री भएको छ । सुपथ मूल्य पसलमा दाल, चामल, चिनी, पिठो, तेल, भेडाको उनबाट बनेको राडीपाखीलगायतका अन्य लत्ताकपडा पाइने उनले जानकारी दिए । उक्त पसलमा नेपाली सेनाले ६ जना कर्मचारी राखेर सेवा प्रवाह भइरहेको छ ।

सेनाले कल्याणकारी बोर्ड र नेपाल इन्भेस्टमेन्ट बैंकको सहकार्यमा विभिन्न उद्यमशीन कर्जा पनि प्रवाह गरिरहेको जनाएको छ । लघुवित्त, व्यावसायिक कृषि तथा, पशुपन्छी कर्जा र महिला उद्यमशीलता कर्जा प्रवाह गर्दै आएको कमान्डपति शाहीले बताए ।

प्रकाशित : पुस २४, २०७८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?