१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘सुन्दरी तोप’ ५० वर्षपछि दैलेख फर्काइयो

ज्योति कटुवाल

दैलेख — नेपाल एकीकरणका बेला निर्माण गरिएको करिब २ सय ३२ वर्ष पुरानो ‘सुन्दरी’ तोप झन्डै ५० वर्षपछि दैलेख फर्काइएको छ । नारायण नगरपालिकास्थित कोतगढीमा पुनःस्थापना गर्न फर्काइएको उक्त तोप बुधबार अस्थायी रूपमा काँडाचौरस्थित नेपाली सेनाको ब्यारेकमा राखिएको छ । सुनौला रंगको ‘सुन्दरी’ तोप अवलोकन गर्न बुधबार बिहानैदेखि स्थानीयको घुइँचो लागेको थियो ।

‘सुन्दरी तोप’ ५० वर्षपछि दैलेख फर्काइयो

‘सुन्दरी’ तोपलाई स्वागत गर्न जनप्रतिनिधिसहित मौलिक सांस्कृतिक झाँकी, खस जातिको पहिचानका पोसाक र तरबार नाचसहित स्थानीय उपस्थित थिए । स्थानीयले टोलटोलमा फूलमाला लिएर तोपलाई हर्षबढाइँ गरे । २०२८ को भोकमरीले दैलेखको ज्वाला दल गणलाई सुर्खेतमा सारियो । त्यतिबेलै सिपाहीले बोकेरै सुर्खेत पुर्‍याएका थिए ।

दैलेख काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाको नेतृत्वमा जंगी अड्डाले सुर्खेत राजदलमा राखिएको सुन्दरी तोप दैलेख पुनःस्थापना गर्न स्वीकृति दियो । स्थानीय नारायण नगरपालिकाले जिम्मा लिएपछि तोप पुनःस्थापना अघि बढाइएको हो ।

प्रकाशित : पुस २२, २०७८ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?