आइतबारदेखि राप्ती राजमार्ग दैनिक ८ घन्टा बन्द हुने
सल्यान — सडक स्तरोन्नति गर्न भन्दै राप्ती राजमार्ग आइतबारदेखि पुनः दैनिक आठ घन्टा बन्द हुने भएको छ । नियमित गुड्ने सवारी साधनका कारण सडक स्तरवृद्धिको काममा कठिनाई भएको भन्दै सडक बन्द गरिएको हो ।
राप्ती राजमार्ग अन्तर्गत पर्ने कपुरकोटदेखि चोर खोलासम्मको सडक स्तरवृद्धिका लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताए । बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म सडक बन्द हुने उनले जानकारी दिए ।
बन्दको समयमा गाडी सञ्चालन नगर्न आग्रह गर्दै वैकल्पिक मार्गको रुपमा कपुरकोट–पैयाखोर डाईभर्सन सडक प्रयोग गर्न उनले आग्रह गरे ।
प्रकाशित : पुस ११, २०७८ १२:१५प्रतिक्रिया