कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इँटाभट्टामा काम गर्न लैजाँदै गरेका ६ बालबालिकाको उद्धार

सल्यान — धादिङको एक इँटाभट्टामा ललाइफकाई काम गर्न लैजाँदै गरेका बन्गाडकुपिण्डे नगरपालिका–१० सादनबासका ६ बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । उनीहरूलाई शारदा नगरपालिका–१ श्रीनगरबाट उद्धार गरिएको हो ।

इँटाभट्टामा काम गर्न लैजाँदै गरेका ६ बालबालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरु ५,७,९,११ र १३ वर्षका थिए । उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खड्काले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका जिल्लाका बालबालिकाहरुलाई विभिन्न प्रलोभन देखाएर काठमाडांै, भक्तपुर, ललितपुर र धादिङका इँटाभट्टामा मजदुरी गराउन लैजाने गिरोह नै सक्रिय छ ।

आर्थिक समस्याका कारण बालबालिकाहरु मजदुरीका लागि आफैं बाहिर जान तयार हुने गरेको स्थानीय अगुवा नेबबहादुर पुनले बताए । ‘यहाँका सबैजसो गाउँबाट २०/२५ बालबालिका इँटाभट्टामा काम गर्न बाहिर गएका छन्,’ उनले भने, ‘मजदुरीका लागि बाहिर जाँदा बालबालिकाको पढाइ बीचैमा छुटेको छ ।’ कतिपयलाई अभिभावकले समेत पठाउने गरेको उनले जानकारी दिए ।

अहिले बालबालिकालाई मजदुरीका लागि बाहिर पठाउने चलनै बसिसकेको बन्गाडकुपिण्डे–१० का वडाध्यक्ष मानसिं पुरीले बताए । उनका अनुसार नगरपालिकाको ८, ९, १०, ११ र १२ नम्बर वडाबाट बर्सेनि कम्तीमा २ सय बालबालिका मजदुरीका लागि बाहिर जाने गरेका छन् । ‘अभिभावकले नै घर खर्च टार्न बालबालिकालाई बाहिर पठाउँछन्,’ उनले भने, ‘हामीले सूचना पाए प्रहरीलाई उद्धारका लागि अनुरोध गरिरहेका छौं ।’

प्रकाशित : मंसिर २३, २०७८ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?