१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कर्णाली प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले थप दरबन्दी स्वीकृत गरेको हो । 

कर्णाली प्रदेश लोकसेवा आयोगमा ४५ कर्मचारीको दरबन्दी स्वीकृत

गत फागुनमा गठन भएको प्रदेश लोकसेवा आयोगमा ९ महिनापछि थप कर्मचारी दरबन्दी स्वीकृत गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

उनका अनुसार आयोगको तीन महाशाखा र १० शाखासहित ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरिएको हो ।

प्रकाशित : मंसिर २३, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?