कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हेलिकोप्टरबाट सुत्केरीको उद्धार 

हरि गौतम

रुकुम पश्चिम — उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्तादिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि बुधबार उनको उद्धार गरिएको हो । 

डोल्पोबुद्ध गाउँपालिका–६, की २५ वर्षीया छेवाङ गुरुङको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । उनी हप्तादिन अघि घरमै सुत्केरी भएकी थिइन् । सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निदै गएपछि हेलिकोप्टरमार्फत सुर्खेत पठाएको स्थानीय पेमा गुरुङले जानकारी दिए ।

राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार गरिएको हो । व्यवस्थित र सुविधा सहितका अस्पताल, प्रसूतिगृह नहुँदा तथा अरु कारणले पनि उपल्लो डोल्पाका अधिकांश महिला घरमै सुत्केरी हुने गरेका छन् ।

स्वास्थ्य संस्थामा जान खोजे पनि दक्ष स्वास्थ्यकर्मी नहुने, बिदामा गएको जस्ता समस्या भइरहने स्थानीयको गुनासो छ ।

प्रकाशित : मंसिर २२, २०७८ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?