१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

विवाहको भोज खान गएका वृद्ध मृत भेटिए

विप्लव महर्जन

सल्यान — सल्यानको दार्मा गाउँपालिकास्थित विवाहको भोज खान गएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । छिमेकीको घरमा विवाहको भोज खान गएका दार्मा गाउँपालिकाको पाजाखोलाका ७० वर्षीय टेकबहादुर खत्री छिमेकीको खाली घरमा मृत अवस्थामा भेटिएका हुन् ।

खत्री आइतबार बेलुकी गाउँकै छिमेकीको विवाहको भोज खान गएका थिए । स्थानीयको कोही नबस्ने खाली घरमा खत्री सोमबार मृत अवस्थामा भेटिउका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार घटनाबारे विवरण लिन घटनास्थलतर्फ प्रहरी टोली पुगेको छ ।

इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी टोली घटनास्थलतर्फ गएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । उनका अनुसार मृतकको शरीरमा कुनै चोट पटक छैन । यद्यपि उनको स्वभाविक मृत्यु वा हत्या भन्नेबारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २०, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?