कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कांग्रेस कर्णालीमा देउवा पक्षकै वर्चस्व

चाँदनी कठायत

वीरेन्द्रनगर — कांग्रेसको कर्णाली प्रदेश अधिवेशनमा संस्थापन पक्षले नै वर्चस्व पाएको छ । अधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति पदाधिकारी नतिजा सार्वजनिक हुन्जेलसम्म सबै देउवा पक्षका विजयी भएका छन् । प्रदेश सभापतिमा जुम्लाका ललितजंग शाही यसअघि नै ४ सय २२ मत ल्याएर विजयी भएका थिए । 

कांग्रेस कर्णालीमा देउवा पक्षकै वर्चस्व

पदाधिकारीको सार्वजनिक मत परिणाम अनुसार उप–सभापितमा कालिबहादुर सहकारीले ४ सय ५६ र सनतकुमार कार्कीले ४ सय ४३ मत ल्याएर विजयी भएका छन् । यस्तै, महामन्त्रीमा निरञ्जन केसीले ४ सय २५ र कृष्ण रोकायले ४ सय २३ मत ल्याएका छन् ।

सह–महामन्त्रीमा उपेन्द्रबहादुर थापाले ४ सय ३० र एकराज डाँगी ४ सय ५९ मत ल्याएर विजयी भएका छन् । सह–महामन्त्री महिला पदमा रामछायाँकुमारी शाहीले ४ सय २४ मत ल्याएकी छन् ।

अन्य सदस्यहरुको मत गणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।


प्रकाशित : मंसिर १९, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?