२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हिमपातले कालीकोटको जनजीवन कष्टकर

कालीकोट — जिल्लाका विभिन्न लेकाली बस्तीमा बिहीबार परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । जाडोले स्थानीयवासी घरबाहिर निस्किन सकेका छैनन् । बस्तुभाउ पनि गोठमै छन् ।

जाडो बढ्दै गएपछि लेकाली बस्तीका बासिन्दाले भेडाबाख्रा औल (तल्लो बस्ती) मा सार्न थालेको खाडाचक्र–३ ताडीका नरी शाहीले बताए । उनको परिवार गाउँदेखि माथिको गडा बस्तीमा बसोबास गर्छ । उनले हिमपात भएपछि बस्तुभाउलाई पानी खुवाउन पनि कठिनाइ भएको सुनाए । वर्षासँगैको हिमपातले शुक्रबार अधिकांश विद्यालयमा पठनपाठन हुन नसकेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख महेश देवकोटाले बताए ।

‘जाडोले खपिसक्नु छैन,’ महादेव आधारभूत विद्यालय मान्मका प्रधानाध्यापक नन्दा शाहीले भनिन्, ‘घाम लागेपछि आउनु भनेर सबै विद्यार्थीलाई घर पठायौं ।’ उनले लेकमा हिउँ परेको र तल्लो भेगमा हावा हुरीसहित पानी परेकाले चिसो बढेको बताइन् । हिमपात हुन थालेपछि माथिल्लो भेगका बासिन्दा बस्तुभाउसहित कर्णाली र तिला नदीको छेउछाउका तल्लो बस्तीमा सरेका छन् ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?