१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्याक्टर दुर्घटनामा पतिको मृत्यु, पत्नी घाइते

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकामा ट्याक्टर पल्टँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार राति एक बजे ७ नम्बर वडाको औल नजिक रा १ त ४४१२ नम्बरको ट्याक्टर पल्टँदा २५ वर्षीय ट्याक्टर चालक करण नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार ट्याक्टरमा सवार चालक नेपालीकी १९ वर्षीया श्रीमती सपना घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर दाँजेबाट राडीतर्फ आउने क्रममा सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?