एकीकृत समाजवादी कर्णालीको सचेतकमा ओली

चाँदनी कठायत

वीरेन्द्रनगर — नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा सांसद देवी ओली चयन भएकी छिन् । मंगलबार बसेको दलको बैठकले ओलीलाई सचेतकको जिम्मेवारी दिएको हो ।

एकीकृत समाजवादी कर्णालीको सचेतकमा ओली

ओली सामाजिक विकास समितिको अध्यक्ष समेत हुन् । कर्णाली प्रदेशसभामा समाजवादीका तीन जना मात्र सांसदहरु छन् ।

दलका नेता चन्द्रबहादुर शाही भने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भइसकेका छन् ।

समाजवादीले कर्णाली प्रदेश सरकारमा तीन मन्त्रालय दाबी गर्दै आएको छ ।

प्रकाशित : मंसिर १५, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?