कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीमा बढ्दै शिशु मृत्युदर

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा पछिल्लो तीन वर्षमा ५ सय ७८ नवजात शिशुको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष आव ०७५/०७६ मा १ सय ५२ शिशुको मृत्यु भयो ।

यस्तै, आव ०७६/७७ मा २ सय ८ र गत आव ०७७/७८ मा २ सय १८ शिशुको मृत्यु भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो ३ वर्षमा ५ वर्षमुनिका ५ सय ८६ जना बालबालिकाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आव ०७४/७५ मा १ सय ९९ जना ५ वर्षमुनिका बालबालिकाको मृत्यु भयो । आव ०७५/७६ मा १ सय ३६ बालबालिकाको मृत्यु भएकोमा आव ०७६/७७ त्यो संख्या बढेर १ सय ८६ पुग्यो ।

कर्णालीमा सुत्केरीहरू अँझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर पनि बढ्ने गरेको छ । स्वास्थ्य सेवा

निर्देशनालयका निर्देशक डा. रविन खड्काले कर्णालीमा दुर्गम भेगमा स्वास्थ्य संस्था पुग्न लामो समय लाग्ने भएकाले पनि आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको बताए ।

प्रकाशित : मंसिर १५, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?