कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत मागे, बुधबार संसद्ले टुंग्याउने

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । मत विभाजन भोली (बुधबार) बस्ने बैठकमा हुनेछ । मंगलबार दिउँसो बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले प्रस्ताव पेस गर्दै विश्वासको मत मागेका हुन् ।

कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत मागे, बुधबार संसद्ले टुंग्याउने

प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु चितवनमा जारी एमालेको महाधिवेशनमा सहभागी हुन गएका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाई बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

नेकपा एमाले बुधबारको बैठकमा भने सहभागी हुने बताइएको छ ।


प्रकाशित : मंसिर १४, २०७८ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?