कांग्रेस सुर्खेतमा देउवा प्यानल विजयी- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस सुर्खेतमा देउवा प्यानल विजयी

चाँदनी कठायत

सुर्खेत — नेपाली कांग्रेस सुर्खेतको जिल्ला अधिवेशनमा संस्थापन (देउवा) प्यानल विजयी भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा संस्थापन पक्षबाट शनिबार नै खड्ग पोखरेल सभापतिमा सर्वसम्मत चयन भइसकेका छन् ।

आइतबार अन्य पदका लागि भएको निर्वाचनमा उपसभापतिमा विष्णु खड्का (१२०३) र टोपबहादुर रावत (११६०), सचिवमा देवकुमार सुवेदी (१२६७) र बालदिप कँडेल (११९२), सह–सचिवमा हरि विष्ट (११८०) र प्रकाश डिसी (११९६) मतका साथ विजयी भएका हुन् ।


प्रकाशित : मंसिर १३, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्

उम्मेदवारीपछि भूसालको प्रश्‍न - 'पार्टी र सरकार किन टिकाउन सकेनौं ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र विचार, सिद्धान्त र मार्क्सवाद ज्यूँदो छ भन्ने सन्देश दिन उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । सौराहामा जारी महाधिवेशनका क्रममा सोमबार बिहान उनले उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले पार्टीलाई दलाल पूँजीवादले कब्जा गरिदिने भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेका गरेका थिए । 'पार्टीभित्र विचार, सिद्धान्त र मार्क्सवाद ज्यूँदो छ भन्ने सन्देश दिनका लागि मैले उम्मेदवारी दिएको हुँ,' उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने ।

यस्तै एमाले निर्माणका लागि क्रियाशील पुराना कार्यकर्ताहरूको प्रतिनिधिहरूको प्रतिनिधिको रुपमा पनि आफूले उम्मेदवारी दिएको उनले बताए । तर आफ्नो पक्षमा कुनै प्यानल नभएको नेता भूसालको भनाइ छ । उनले भनेका छन्, '१० बुँदेको गुट सधैँका लागि नबुझ्न आग्रह गर्दछु । एउटा खास समयमा हामी एक ठाउँमा उभिएका हौं । सधैँका लागि हैन । मैले ९औं महाधिवेशनमा पनि प्यानल नबनाउन अन्तिमसम्म अडान लिएको थिएँ । त्यसैले अहिले पनि म प्यानलको पक्षमा छैन ।'

नेता भूसालले प्रतिनिधिसभा विघटन र सरकारबाट बाहिरिनु परेको मुद्दालाई लिएर समीक्षा गर्नुपर्ने संकेत गरेका थिए । 'एकीकृत पार्टी किन फुट्यो भन्नेबारेमा हामी बेखबर भएर हिँडिरहेका छौँ । पार्टीमा गल्तीका प्रशस्त सम्भावना छन् । अहिले पनि गल्ती भइरहेका छन् । संसारमा एउटा मोडेल देखाउन सक्ने अवस्थाबाट हामी किन चुक्यौँ ? आफ्नै पार्टी किन टिकाउन सकेनौं ? आफ्नै सरकार किन टिकाउन सकेनौं ?,' उनले भने, 'भन्दा त तिमीहरूले किन भत्कायौ भन्न सकिन्छ । तर त्यो स्थिति नै किन आयो भन्नेबारे हामी बेखबर भएर हिँडिरहेका छौं । त्यसबारे अहिले हामी आँखा बन्द गरेर हिँड्न खोज्दैछौं । यसले हामीलाई हाम्रो लोकतन्त्रलाई समाजवादलाई कम्युनिस्ट आन्दोलनलाई धेरै डरलाग्दा खतरातर्फ लैजानेवाला छ । त्यसैले पनि मैले उम्मेदवारी दिएको हुँ ।'

एमाले महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रमा केपी ओलीको प्रस्तावमा ३०१ केन्द्रीय कमिटीसहितको नामावली सार्वजनिक भएको थियो । जसमा १९ जना पदाधिकारीको सूचीसमेत सार्वजनिक गरिएको छ । जहाँ नेता भूसालको नाम भने अटाएको छैन । जaकि उनले यसअघि नै उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

उक्त प्रस्ताव आएसँगै भूसालसहित अध्यक्ष पदमा भीम रावल, सचिव पदमा भीम आचार्य साथै अरु असन्तुष्ट नेताहरूले केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित : मंसिर १३, २०७८ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×