मुगुका अग्नीपीडितलाई अस्ट्रेलियाबाट ४ लाख सहयोग 

राजबहादुर शाही

मुगु — गमगढीका अग्नीपीडितलाई अस्ट्रेलियाबाट ४ लाख २० हजार रुपैयाँ सहयोग गरिएको छ । नेपाली कांग्रेस अस्ट्रेलिया जनसम्पर्क समितिका सभापति इशान शाक्यको पहलमा अस्ट्रेलियामा बसोबास नेपालीबाट संकलन गरिएको ४ लाख रकम शुक्रबार गमगढीका अग्नीपीडितलाई बाँडिएको छ ।

मुगुका अग्नीपीडितलाई अस्ट्रेलियाबाट ४ लाख सहयोग 

गमगढीस्थित कालिका मालिका मन्दिरमा सबै अग्नीपीडितलाई सहभागी गराएर प्रमुख जिल्ला अधिकारी, राजनीतिक दल नागरिक समाजको रोबहरमा सभापति शाक्यले उपलब्ध गराएको ४ लाख २० हजार रकममध्ये आगोले घरध्वस्त भएका व्यक्तिलाई १० हजार, घरमा पसल गरी बस्नेलाई ३ हजार र भाडामा बस्ने ब्यक्तिलाई २ हजारका दरले वितरण गरिएको कांग्रेस नेता हरुतबहादुर मल्लले बताए ।

मुगुका अग्नीपीडितको दु:ख पीडा सम्झेर राहत दिने अस्ट्रेलियाली नेपाली दाजुभाइलाई मल्लले धन्यवाद दिए ।

गत कात्तिक २६ गते गमगढीमा आगलागी हुँदा २१ घर जलेर खरानी हुँदा ८० परिवार विस्थापित भएका छन् भने ३५ करोड बराबरको धन सम्पत्ति क्षति भएको छ । केही अग्नीपीडित आफन्तको घरमा त, केही टेन्ट टाँगेर जीवन बिताउन बाध्य छन् ।

प्रकाशित : मंसिर १०, २०७८ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?