कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जुम्लामा बालुवा खानीमा पुरिएर दुई जनाकाे मृत्यु

एलपी देवकोटा

जुम्ला — जुम्लामा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको छ । तिला गाउँपालिका–९ को धाराखोलास्थित बालुवा खानीमा पुरिँदा सोही वडाकी १९ वर्षीया निली रावत र उनकी बहिनी नाता पर्ने १५ वर्षीया नीरमाया रावतको मृत्यु भएको हो ।

शुक्रबार बिहान ७ बजे बालुवा संकलन गर्ने क्रममा बालुवा खानी भत्किँदा पुरिएर दुवैको घटनास्थलमै मृत्यु भएको तिला–९ का स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् । घटनास्थल जुम्ला सदरमुकामबाट करिब ३५ कोश टाढा रहेको छ।

गाउँलेबाट घटना भएको खबर प्राप्त भएलगत्तै राराबाट प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ गएको र मुचुल्काको लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जनकारी दिइन् ।

प्रकाशित : मंसिर १०, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?