राप्ती राजमार्ग दैनिक ८ घण्टा बन्द

सल्यान — राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक दैनिक ८ घन्टा बन्द भएको छ । सडक स्तरबृद्धिको काम भइरहेकाले गाडी आउजाउमा समस्या हुने भन्दै जिल्ला प्रशासन कार्यालय दाङले मंगलबारदेखि सडक बन्द गराएको हो । मंगलबारदेखि १५ दिनसम्म मंसिर २१ गतेसम्मका लागि राजमार्ग बन्द गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत अमरराज आचार्यका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म सवारीसाधन आवागमन बन्द गरिएको हो ।

२४ सै घण्टा चल्ने यातायातका साधनका कारण कामकाज प्रभावित हुँदै आएकाले यातायात आवागमन सडक डिभिजन कार्यालय दाङको समन्वयमा बन्द गर्नु परेको उनले जानकारी गराए । उनका अनुसार अहिले राप्ती राजमार्गको राम्रीदेखि दाङमा पर्ने सडक खण्डमा काम भइरहेको छ । सडक बन्द भएको समयमा वैकल्पिक मार्ग अपनाउन उनले गाडी व्यवसायी तथा सल्यान, रुकुम, रोल्पा र दाङका बासिन्दालाई आग्रह गरेका छन् ।

स्तरबृद्धिको नाममा सडक दैनिक आठ घण्टा बन्द गरेपछि सल्यान, रुकुम र दाङबासी प्रभावित भएका छन् । उनीहरूलाई जिल्ला बाहिर आउजाउमा समस्या भएको छ । योभन्दा अघि पनि जिल्ला प्रशासन कार्यालय सल्यानले सडक स्तरवृद्धिका लागि भन्दै पटकपटक यातायात आवागमन बन्द गरेको थियो । यातायात बन्द भए पनि सडक स्तरवृद्धिको काम भने खासै प्रभावकारी हुन सकेको थिएन ।

प्रकाशित : मंसिर १०, २०७८ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?