कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

डोल्पा कांग्रेस सभापतिमा दीपेन्द्रबहादुर शाही निर्वाचित

हरि गौतम

रुकुम पश्चिम — कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । बुधबार बिहान सकिएको मतगणनाअनुसार २ सय ३७ मत प्राप्त गरी शाही सभापति बनेका हुन् । अर्का उम्मेदवार अंगदकुमार बुढाको पक्षमा १ सय ५८ मत परेको छ ।

डोल्पा कांग्रेस सभापतिमा दीपेन्द्रबहादुर शाही निर्वाचित

सभापतिका अर्का उम्मेदवार गौरीशंकर उपाध्यायले २३ मत ल्याए । मनोनयन गरेर पछि छाडेकी दूधकुमारी हमालको नाममा पनि ११ मत परेको छ । शाही देउवा पक्षका नेता हुन् । जिल्ला कार्य समितिका अन्य पदाधिकारीमा पनि शाहीकै प्यानलका उम्मेदवार विजयी बनेका छन् ।

उपसभातिमा पूर्णबहादुर शाही र लवकुमार शाही निर्वाचित भएका छन् । सचिवमा दशरथ रोकाय र हिक्मतबहादुर शाही विजयी हुँदा सुरेन्द्रप्रसाद महत र लक्ष्मणकुमार शाही सहसचिवमा निर्वाचित भएका छन् ।

५ सय १९ मतदातामध्ये ४ सय ३९ मत खसेको थियो । महाधिवेशन प्रतिनिधितर्फको मत गणना हुन बाँकी रहेको निर्वाचन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : मंसिर ८, २०७८ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?