सल्यान कांग्रेसको सभापतिमा देउवा प्यानलका बिष्ट निर्वाचित- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यान कांग्रेसको सभापतिमा देउवा प्यानलका बिष्ट निर्वाचित

विप्लव महर्जन

सल्यान — कांग्रेसको जिल्ला सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका केसबहादुर बिष्ट निर्वाचित भएका छन् । उनी पौडेल प्यानलका प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

बिष्टले ६ सय १२ मत ल्याएका छन् भने निकटम प्रतिद्वन्द्वी ध्रुवराज पुरीले ६ सय ७ मत ल्याएका छन् । १३औं महाधिवेशनमा गणेश चन्दसंग सभापति पदमा हार ब्यहोरेका बिष्टले यसपटक भने जितेका छन् । सभापति पदमा बिष्ट र पुरीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

सभापतिमा देउवा प्यानलका निर्वाचित भए पनि पदाधिकारीसहित अन्य पदमा देउवा र पौडेल पक्षका बराबरी जस्तै छन् । यस्तै उपाध्यक्षमा सन्तोष केसी, ६ सय २० र चक्र देवकोटा ५ सय ९६ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृत सुनिल श्रेष्ठले बताएका छन् । उनका अनुसार उनका निकटतम प्रतिस्पर्धी गोपाल बुढाथोकीले ५ सय ६, डिल्लीबहादुर बुढाथोकीले ५ सय ६२ मत ल्याएका थिए ।

सचिवमा प्रकास भण्डारी ७ सय ३ र एकराज बुढाथोकी ५ सय ५९ मत ल्याएर निर्वाचित भएका छन् । सहसचिवमा ६ सय ३४ मत ल्याएर जनकराज गौतम र ५ सय ७५ मत ल्याएर पदमबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा जिल्लाका १० पालिकाका १ हजार २ सय ८० मतदातामध्ये १ हजार २ सय ३५ जनाले मतदान गरेका थिए । निर्वाचनमा सबैभन्दा बढी मत सचिव प्रकास भण्डारीले ल्याएका थिए ।

प्रकाशित : मंसिर ७, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

चामलका लागि सिंहदरबार धाउँदै हुम्लाका जनप्रतिनिधि

कान्तिपुर संवाददाता

काठमाडौँ — चामल अभावपछि काठमाडौं आएका हुम्लाका जनप्रतिनिधिले मंगलबार अर्थ र गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । हुम्लाका सांसद छक्कबहादुर लामा तथा नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङ जिल्लामा भएको खाद्यान्न अभावलाई लिएर मन्त्रीहरुको ध्यानाकर्षण गराउन मंगलबार सिंहदरबार छिरेका थिए । 

तर सिंहदरबारमा मन्त्रीहरुसँग उनीहरुको भेट हुनै सकेन । अर्थमन्त्री जनार्दन शर्मासँग भेट नभएपछि उनीहरुले आफ्नो ज्ञापन पत्र दर्ता शाखामा बुझाएर गृहमा फर्किए । गृहमन्त्री बालकृष्ण खाणसँग पनि उनीहरुको भेट भएन । खाण गृहजिल्ला रुपन्देहीमा छन् ।

हुम्लामा खाद्यान्न ढुवानीका लागि भएको बोलपत्रमा महँगो दर तोक्नेलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छनौट गरेको भन्दै उच्च अदालतसम्म मुद्दा पुगेको छ । तर जिल्लामा भने खाद्यान्नको चरम अभाव भएको छ । साउनमै ढुवानी हुनुपर्नेमा अहिलेसम्म नहुँदा जिल्लामा चामलको अभाव भएको हो । (कमिसनको खेलमा हुम्लामा खाद्यान्‍न अभाव)

‘खाद्यले जेठमा एकपटक ढुवानी गर्यो, त्यो चामल साउनमै सकियो । त्यसपछि ढुवानी भएको छैन । साउनमा ढुवानी गर्नुपर्ने अहिलेसम्म यत्तिकै अड्किएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने, ‘हुम्लामा बेहाल भयो, विवाह, व्रतबन्ध, काजकिरियालगायत काम उम्काउन पनि चामल नपाइएर बिजोग छ ।’


प्रकाशित : मंसिर ७, २०७८ १४:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×