कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिल्सा–सिमकोट सडक खुल्यो

हुम्ला — असोज अन्तिम साताबाट पहिरो र हिमपातका कारण अवरुद्ध भएको हिल्सा–सिमकोट सडक खुलेको छ । सडकको माथिल्लो भेगमा हिउँ परेको थियो भने तल्लो क्षेत्रतिर पहिरोले भत्काएको थियो ।

सडकमा खसेका ढुंगा, माटो पन्छाएपछि सडक खुलाइएको हो । सडक अवरुद्ध हुँदा नाम्खा, खार्पुनाथबाट सदरमुकाम आउजाउ गर्ने स्थानीय एक सातासम्म हिँडेर सदरमुकाम आउन बाध्य थिए । लामो प्रयासपछि बल्ल सडक खुला गराइएको पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले बताए । हिल्सा–सिमकोट सडक आयोजनाको समन्वयमा खार्पु–स्याम्ने खण्डको सडक सफाइ गरिएको हो ।

प्रकाशित : मंसिर ७, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?