कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

एक महिनादेखि बेपत्ता युवकको शव भेटियो

हरि गौतम

रुकुम पश्चिम — रुकुममा एक महिनादेखि बेपत्ता एक युवकको शव भेटिएको छ । मुसीकोट नगरपालिका–१०, गलमपाटीका ३३ वर्षीय रणबहादुर रोकाको शव सोमबार भेटिएको हो । गत कात्तिक ९ गते घरबाट हराएका उनको शव सोमबार बिहान १० बजे भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार सोही वडाको ग्वाला बस्ने भीरमा सडेको अवस्थामा उनको शव भेटिएको हो । परिवार तथा आफन्तले उनको खोजि गरिरहेका थिए ।

खोजी गरिरहेकै अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए । प्रहरी चौकी झुल्खेतको टोली घटना स्थलमा पुगेर घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७८ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?