जनगणनाका लागि सल्यानमा २ सय ९१ गणक खटाइयो- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनगणनाका लागि सल्यानमा २ सय ९१ गणक खटाइयो

विप्लव महर्जन

सल्यान — बिहीबारदेखि सुरु भएको राष्ट्रिय जनगणनाको लागि जिल्लाका १० पालिकामा २ सय ९१ गणक खटिएका छन् । जनगणनाबाट कोही पनि नछुटुन् भनेर उनीहरु अहिले पालिकाका सबै घरघरमा पुगेर गननाको काम सुरु गरेका हुन् ।


जिल्लाको शारदा नगरपालिकामा ५०, बन्गाड कुपिन्डे नगरपालिकामा ३८, बाग्चौर नगरपालिकामा ३५ छत्रेस्वरीमा २८, दार्मामा २१, कालीमाटीमा २७, कपुरकोटमा २४, कुमाखमा ३१, सिद्धकुमाखमा १५ र त्रिवेणी गाउँपालिकामा २२ जना गणक खटाएर गणनाको कम भइरहेको कार्यालयले जनाएको छ । कात्तिक २५ देखि भइरहेको जनगणना मंसिर ९ गते सम्म संचालन गरिने कार्यालय प्रमुख तथा जनगणना अधिकारी केशरबहादुर ओलीले बताए ।

उनले सुपरिवेक्षणका लागि ७३ जना सुपरिवेक्षक समेत खटाएको जानकारी गराए । उनका अनुसार सुपरिवेक्षकले भदौ ३० देखि असोज १८ सम्म घरपरिवार सूचीकरण गरिसकेका छन । सोही आधारमा गणकले गणना गर्नेछन् । गणकले प्रत्येक घरमा पुगेर पारिवारिक विवरण संकलन गरिरहेका छन् ।

दोस्रो चरनको गणना अन्तर्गत सबै स्थानीय तहका प्रत्येक वडा कार्यालय, वडास्तर, सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, पहुँच, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरण संकलन गरिनेछ । सोहीक्रममा घरपालुवा पशुपक्षीको विवरण पनि संकलन गरिनेछ । जनगणनाबाट वडास्तरको लैङ्गिक समावेशी तथ्यांक प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न नीति र योजना बनाउन सहयोग पुग्ने उनको भनाई छ ।

त्यत्ति मात्र नभई बाटोघाटो, पुल, विद्यालय, उद्योग, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिंचाई, खाद्यान्न, आपूर्ति, बसोबास व्यवस्था, विकास बजेट बाडफाँट सामाजिक सुरक्षा र मानव विकास अन्तर्गत पछाडि परेका समुदायको उत्थानका कार्यक्रम संचालन गर्न तथा संविधानको मौकिल हक कार्यान्वय र मूल्यांकन गर्न तथ्यांक प्राप्त हुने भएकाले जनगणनाको विशेष महत्त्व रहेकाले जनगणनामा उल्लेख्य रुपमा सहभागिता जनाउन उनले आग्रह गरेका छन् । जनगणनाको पहिलो चरण अन्तर्गत जिल्लामा ५४ हजार ७ सय घर परिवार सूचीकृत गरिएको उनको भनाई छ ।

प्रकाशित : कार्तिक २५, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती मनाइयो [तस्बिरहरू]

कान्तिपुर संवाददाता

ताप्लेजुङ — राष्ट्रिय विभूति किरात धर्मका महागुरु फाल्गुनन्दको १ सय ३७ औं जन्मजयन्ती मनाइएको छ । सदरमुकाम फुङलिङमा किरात धर्म तथा साहित्य उत्थान संघको आयोजनामा र्‍यालीसहित नगर परिक्रमा गरी शुभकामना आदानप्रदान गरेर जयन्ती मनाइएको हो । संघले प्रत्येक गाउँपालिकामा मनाएको जनाएको छ । 

१९४२ साल कात्तिक २५ गते जन्मिएका फाल्गुनन्दले विवाहको बेला माइतीले चेलीबेटीको रित खाने प्रथालाई निस्तेज पार्ने, मादक पदार्थ सेवन गर्नु हुँदैन भन्ने लगायतका समाज सुधारका काम गरेको संघका केन्द्रीय सदस्य लेखबहादुर पालुङ्वाले बताए । उनले दिएको दीव्योपदेशलाई अहिले पनि किरात धर्मावलम्बीले अवलम्बन गरिरहेको पालुङ्वाले बताए ।

फाल्गुनन्दको जन्म जयन्तीका अवसरमा प्रदेश १ सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रत्येकजसो गाउँपालिकामा माङहिम (मन्दिर) मा बिहान पूजा गरेर दिउँसो र्‍याली निकाल्ने लगायतका कार्यक्रम गरिएको संघले जनाएको छ ।


प्रकाशित : कार्तिक २५, २०७८ १६:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×