कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फोक्सुन्डो घुम्‍न गएकी युवती खोलामा खसेर बेपत्ता

हरि गौतम

रुकुम पश्चिम — डोल्पामा एक युवती खोलामा खसेर बेपत्ता भएकी छिन् । शे-फोक्सुण्डो ताल घुम्‍न जान भनेर पैदलै निस्केकी २६ वर्षीया सलिना बुढा छेप्काबाट सुलिगार्ड खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ठूलीभेरी नगरपालिका–३ की बुढा शे फोक्सुण्डो गाउँपालिका–९ मा पर्ने छेप्काबाट खोलामा खसेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।

बुधबार बिहान १० बजेतिर खोलामा खसेकी उनको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेको डीएसपी पाण्डेले बताए । उनीहरु शे फोक्सुण्डो ताल घुम्न भन्दै मंगलबार घरबाट निस्किएका थिए ।

प्रकाशित : कार्तिक १०, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?