सल्यानमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ७ जना घाइते

विप्लव महर्जन

सल्यान — जिल्लाको कपुरकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा १ को मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । 

सल्यानमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ७ जना घाइते

जिल्लाको बाग्चौर नगरपालिकाबाट दाङका लागि छुटेको भे १ च १८९० नम्बरको जिप आइतबार बिहान कपुरकोट गाउँपालिका ३ मुलपानीको वनस्पति उद्यान नजिकै दुर्घटना भएको हो । दुर्घटनामा बाग्चौर नगरपालिका निवासी वर्ष १८ का आशीष बस्नेतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार दुर्घटनामा घाइते भएका बस्नेतलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

केही घाइतेको राप्ती उपक्षेत्रीय प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको र गम्भीर घाइते भएकी बविता रावललाई थप उपचारका लागि नेपालगन्ज लगिएको सूचना अधिकारी पौडेलले जानकारी गराए । सामान्य घाइतेअर्जुनको कपुरकोटस्थित मेडिकलमा उपचार भइरहेको उनको भनाइ छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकदेखि सय मिटर खोल्सामा खसेको उनले जानकारी गराए ।


प्रकाशित : कार्तिक ७, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?