कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मौलिक नाचले गुल्जार गाउँ

हरिहरसिंह राठौर

सिल्पाचौर, जाजरकोट — अध्ययन र कामको सिलसिलामा गाउँबाहिर रहेकाहरू दसैंतिहार मनाउन फर्किएपछि यतिबेला गाउँघरमा रौनक छाएको छ । पढाइका लागि नेपालगन्ज, काठमाडौंलगायत सहर र कामका लागि भारतसहित विदेश गएकाहरू चाडबाड मान्न घर फर्केका छन् ।

मौलिक नाचले गुल्जार गाउँ

कर्णालीका हरेक बस्तीमा साउन पूर्णिमायता मेला तथा जात्रा सुरु हुन्छन् । ऐतिहासिक स्थल, मठमन्दिर र कोटथुम्काहरूमा धामीझाँक्रीका नाच र नयाँ अन्नको न्वागी खाने मेलाजात्रा नहुने यहाँ कुनै गाउँबस्ती छैनन् । कर्णाली प्रदेशमा विशेषगरी पुराना मौलिक नाच गर्रा (मयूरनाच) सिंगारु, टप्पा, वन्गारी, ख्याली, पैंसेरु खाँडो नाच प्रसिद्ध छन् । ढिमेको खाँडो र लहँको ख्यालीबाहेक टप्पा र सिंगारु सबै गाउँबस्तीमा नाच्ने गरिन्छ ।

यतिखेर बारेकोटको सुन्दर मगरबस्ती सिर्पाचौर मेला हेर्न आएकाले भरिभराउछ । रामीडाँडामा मेला हेर्न आएका र मेलामा हुने खेलकुदमा भाग लिन आएका खेलाडीले सिर्पाचौरका पुनवारा र घर्तीवाराका हरेक घर २० देखि २५ जना पाहुनाले भरिभराउ छ । यो बस्तीका करिब १ सय ८० घरधुरीमा रहेका पाहुनाले खान र बस्न नि:शुल्क सुविधा पाउने गर्छन् । पाहुना राख्नेहरूले अन्य कृषिजन्य उत्पादनबाट आर्थिक लाभ लिने गरेका छन् ।


दसैंदेखि गाउँबस्तीमा मौलिक नाच सुरु गरेका युवायुवतीहरू तिहारसम्मै नाच्छन् । युवाको समूहले छिमेकी बस्तीमा समेत पुगेर नाच्ने गर्छन् । आर्थिक संकलन गरी सामाजिक कार्यमा लगानी गर्ने गरेको सिल्पाचौरका अगुवा युवा शिखर घर्तीले बताए । मौलिक नाच पुस्तान्तरण नहुँदा लोप हुने अवस्था देखिएको घर्ती बताउँछन् ।

प्रकाशित : कार्तिक ६, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?