कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सल्यानमा खोलाले बगाएर एक जनाको मृत्यु

विप्लव महर्जन

सल्यान — लगातार चार दिनको वर्षातपछि खोलामा आएको बाढीले बगाएर सल्यानमा बन्गाड कुपिण्डे नगरपालिका–११ माझकाँडाका एक पुरुषको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो खेतमा लगाएको धान हेर्न जाने क्रममा माझकाँडा खोलाले बगाउँदा ६० वर्षीय लिले बुढाको मृत्यु भएको हो ।

खोला तर्ने क्रममा बगेका उनी खोलादेखि २०/२५ मिटर तल मृत अवस्थामा भेटिएको स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए ।

खोलाले बगाएर मृत्यु भएका बुढाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको उनले जानकारी गराए । खोलाले बगाएर बुढाको मृत्यु भएपनि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक ५, २०७८ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?