कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले २ लाख रुपैयाँ दिने

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेश सरकारले बाढी, पहिरो लगायतका विपद्‌मा परेर मृत्यु भएकाहरुको परिवारलाई दुर्घटना बिमा बापत २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो पटकको बाढीपहिरोले कर्णालीमा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

बाढीपहिरोमा मृत्यु भएकाको परिवारलाई कर्णाली सरकारले २ लाख रुपैयाँ दिने

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सामूहिक विपद् दुर्घटना बिमा अन्तर्गत सो रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख सचिव राजकुमार श्रेष्ठले बताए । उनका अनुसार कृषकलाई अन्नबालीको क्षतिपूर्ति व्यवस्थासमेत गर्ने भएको छ । बैठकले अप्रत्यासित वर्षातबाट अन्नबालीमा भएको क्षतिको एकिन विवरण संकलन गरी कृषकहरुलाई क्षतिपूर्तिको व्यवस्थापन गर्ने निर्णय गरेको बताए ।

यस्तै, विपद्‌मा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था मिलाउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अवरुद्ध भएका सडक, सिँचाई, खानेपानी र विद्युत् पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने निर्णय गरेको बताए । उनले पूर्णरुपमा क्षति भएका घरहरुको विवरण संकलन गरी संघीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुन:स्थापना गर्ने बताए ।

प्रकाशित : कार्तिक ५, २०७८ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?