३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पहिरोले राप्ती राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

सल्यानका अधिकांश ग्रामीण सडकमा पहिरो
विप्लव महर्जन

सल्यान — लगातार चार दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती राजमार्गलगायतका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

पहिरोले राप्ती राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएका कारण यात्रु बीचैमा अलपत्र परेका छन् । त्यस्तै दसैं मनाउन गाउँ गएकाहरू सहर फर्किन पाएका छैनन् ।

राप्ती राजमार्ग अवरुद्ध भएपछि बुधबार बिहानैदेखि अरिंगाले फेदीमा बस्न बाध्य भएको सल्यानबाट नेपालगन्ज जाँदै गरेका राजकुमार अधिकारीले बताए । सडक हिलाम्मे भएकाले पैदल हिँड्नसमेत कठिन भएको उनको भनाइ छ ।

सडक अवरुद्ध भएकै कारण अत्यावश्यक काम भए पनि सदरमुकाम जान नसकेको बन्गाड कुपिन्डे नगरपालिका–११ का वीरबहादुर रोकाले बताए ।

त्रिवेणी गाउँपालिका–१ अरिंगालेपेदिमा डोजर लगाएर पहिरो हटाउने काम भइरहेको र ग्रामीण सडकको पहिरो हटाउन स्थानीय तहसँग सहकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले बताए ।

प्रकाशित : कार्तिक ३, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?