कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारी वर्षाले सल्यानमा ३ घर भत्किए

विप्लव महर्जन

सल्यान — लगातार तीन दिनदेखि परेको वर्षाका कारण मंगलबार बिहान जिल्लाका विभिन्न स्थानमा तीन घर भत्किएका छन् । शारदा नगरपालिकामा दुई र बन्गाड कुपिण्डे नगरपालिकामा एक घर भत्किएको हो ।

घर भत्किएपछि परिवारका सबै सुरक्षित स्थानतर्फ भागेर बाँच्न सफल भएका छन् । तर मानवीय क्षतिभने नभएको बताइएको छ । शारदा नगरपालिका ६ कौछेकी टीका बुढाथोकी, शारदा नगरपालिका १५ रामिसेलाका अमत रावल र बन्गाड कुपिण्डे नगरपालिका ११ आँपचौरका तेजबहादुर रानाको घर भत्किएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोबिन्द थापाले बताए ।

तीनवटै घरका आधा भाग भत्किएर बस्न नमिल्ने अवस्थामा पुगेका छन् । वर्षा भइरहेकाले सबै भत्किन सक्ने सम्भावना बढेपछि मानवीय क्षति हुन नदिन तीन परिवारका सबै सदस्यलाई आफन्तका लगेर राखिएको र खाने-बस्ने व्यवस्था मिलाइएको प्रनाउ थापाले बताए । घटनास्थलमा अहिले प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?