कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पहिरोले सल्लीबजार–चौरजहारी सडक अवरुद्ध

विप्लव महर्जन

सल्यान — लगातारको वर्षाका कारण सल्लीबजार चौरजहारी सडकखण्ड अवरुद्ध भएको छ । बन्गाड कुपिण्डे नगरपालिकाको धारापानी भन्ने ठाँउमा गएको पहिरोले मंगलबार बिहान ११ बजेदेखि सडक अवरुद्ध भएको हो ।

पहिरोले सल्लीबजार–चौरजहारी सडक अवरुद्ध

सडक अवरुद्ध भएका कारण यात्रुहरू सडकमै अलपत्र परेका छन् । सडक हिलाम्मे भएकाले हिँडेर आउजाउ गर्न पनि कठिन भएको स्थानीय रमेशकुमार बस्नेतले बताए । सडक अवरुद्ध भएकै कारण आफन्तको हातबाट टीका लगाउन नपाएको उनको भनाइ छ ।

सडक अवरुद्ध भएकै कारण गाडी चल्न नसक्दा पेट दुख्ने समस्याले थलिएकी एक महिलालाई उपचारका लागि बाहिर लैजान नसकेको र अस्पताल लैजान नसकेर मेडिकलमा प्राथमिक उपचार गराइरहेको बन्गाड कुपिण्डे नगरपालिका १० का नन्दे पुनले बताए ।

पहिरो हटाउन सल्लीबजारबाट अहिले प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।


प्रकाशित : कार्तिक २, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?