सल्यानमा २ शव फेला

विप्लव महर्जन

सल्यान — जिल्लाको छुट्टाछुट्टै दुई नदी किनारमा २ जनाको शव भेटिएको छ । बन्गाड कुपिण्डे नगरपालिका २ आरुघाट नजिकै भेरी नदी किनारमा महिलाको र कालीमाटी गाउँपालिका ७ बाटुले नजिकै बबई नदी किनारमा पुरुषको शव फेला परेको हो । महिलाको शवको अहिलेसम्म पहिचान खुल्न नसकेको र पुरुष वर्ष ३५ का बाटुलेकै श्याम बिकको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार बबई नदी किनारमा मृत अवस्थामा भेटिएका बिक शुक्रबार बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । अन्दाजी वर्ष २८ की महिलालाई भने जाजरकोट आसपासबाट बगाएर ल्याएको आशंका गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी गराए । दुवै शवको जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टम गरिएको छ।

प्रकाशित : आश्विन ३१, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?