कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुर्खेतमा बस दुर्घटना : २ को मृत्यु [अपडेट]

हरिहरसिंह राठौर

सुर्खेत — दैलेखको बेस्तडाबाट सुर्खेत आउँदै गरेको मिनी बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सुर्खेतमा बस दुर्घटना : २ को मृत्यु [अपडेट]

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ११ का युवा सुशील राउत र भगवती गाउँपालिका १ की ३४ वर्षीया शान्ता थापा आचार्य रहेकी छन् ।

गम्भीर घाइते उनीहरुको अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक शान्ता चालककी श्रीमती हुन् । चालक फरार छन् भने उक्त गाडी साहुले चलाएका थिए ।

बिहान बेस्तडाबाट यात्रु लिएर सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको उक्त मिनी बसमा ३४ यात्रु थिए । दुर्घटनामा घाइते भएका यात्रुहरुलाई भने उपचारका लागि सुर्खेत पठाइएको छ ।

प्रकाशित : आश्विन ३०, २०७८ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?