पसल, मेडिकल र घरबाट सामूहिक रुपमा लाखौंको चोरी- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पसल, मेडिकल र घरबाट सामूहिक रुपमा लाखौंको चोरी

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिका १ दमाचौर बजारस्थित अज्ञात समूहले आठ पसल, मेडिकल, व्यक्तिका घर र विद्यालयमा शुक्रबार राति चोरी गरेको छ।

दसैंको बेलामा घर तथा पसलमा कोही नभएको र सबै टीकाटाला तथा खानपानमा व्यस्त भएको मौका छोपी अज्ञात समूहले सामूहिक रुपमा चौरी गरेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ ।

पसल तथा घरमा लगाएको ताला फोरी अज्ञात समूहले ३ लाख ११ हजार बराबरको नगद ,सुनका गहना, रिचार्ज कार्ड लगायत अन्य सामग्री चोरेर लगेका छन् । अज्ञात समूहले दमाचौर बजारका चुडामनी बस्नेतको मेडिकलको ताला फोडेर नगद रु. ५० हजार, केसब केसीको पसलबाट ४ हजारको रिचार्ज कार्ड, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका वडा अध्यक्ष नेबबहादुर शाहको घरबाट १ लाख २० हजार बराबरको ढाई तोला सुन, चित्रजंग शाहको मेडिकलबाट ७९ हजार नगद १ लाख २० हजार बराबरको ढाई तोला सुन चोरी गरेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

उनका अनुसार यमलाल जैसीको पसलबाट ५ हजार नगद,भारती कुमारी बिकको घरबाट १२ हजार नगद, दिनेश बुढाथोकीको मोबाइल पसलबाट ४० हजार बराबरको तीन थान मोबाइल चोरेर लगेका छन् । सामूहिक रुपमा आठ पसल, मेडिकल र व्यक्तिको घरमा चोरी गरेको समूहले स्थानीय भानुभक्त माविको तालासमेत फोरेको उनले जानकारी गराए ।

चाडपर्वको समयमा जुवा खेल्नेहरुले पसल तथा व्यक्तिका घरमा चोरी गरेको हुनसक्ने भन्दै घटनाबारे प्रहरीले अनुसन्धान बढाएको जनाएको छ। इलाका प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ ।

प्रहरी निरीक्षक पौडेलका अनुसार अहिले घटनास्थलमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । संकास्पद व्यक्तिलाई सोधपुछको कामसमेत भइरहेको छ ।

प्रकाशित : आश्विन ३०, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्

रुकुमपश्चिममा स्थानीय युवा र प्रहरीबीच झडप, असइसहित ७ प्रहरी घाइते

हरि गौतम

रुकुम पश्चिम — जिल्ला सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए ।  घाइते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको थियो । त्यहाँपनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको उनले जानकारी दिए ।

उनको तल्लो भागका तीन वटा दाँत झरेको र माथिल्लोपट्टीकाे एउटा दाँत हल्लिएको र टाउकोमा गम्भिर चोट शाहीले बताए । त्यसैगरी प्रहरी हवल्दार कालीबहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट लागेको छ । अन्य चार जना प्रहरी कर्मचारीहरू पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राती पौने नौ बजे मुसिकोट नगरपालिका–१ स्थित बागबजार नजिकै छेउमा पार्किङ्ग गरी राखेको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोली परिचालन गरिएको थियो । उक्त टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछि मुठभेडको अबस्था सिर्जना भएको थियो ।

घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुसीकोट नगरपालिका– ५, का २० वर्षीय नरेश पुनमगर, १ नम्बर वडाका १८ वर्षीय राजनप्रकाश गिरी, सोहि वडाका २० वर्षीय आकाश परियार पक्राउ परेका छन् । त्यस्तै रुकुम पूर्वको भुमे गाउँपालिका घर भई हाल मुसीकोट नगरपालिका ५ बस्ने २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट नगरपालिका–१०, का २४ वर्षीय खडानन्द केसी, मुसीकोट नगरपालिका–१, का २५ वर्षीय हरिबहादुर घर्ती पनि पक्राउ परेका छन् । यसैगरी घटनामा संलग्न धनिराम नेपाली र स्वयल विक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ३०, २०७८ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×