मुगुमा बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते- कर्णाली - कान्तिपुर समाचार

मुगुमा बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते

कान्तिपुर संवाददाता

मुगु — मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

प्रकाशित : आश्विन २६, २०७८ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्

सत्तारुढ दलका विद्यार्थी संगठन भन्छन् : ओली सरकारको गलत निर्णयले मोतिपुर रणमैदान बन्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दलका विद्यार्थी संगठनहरुले मोतिपुर घटनाका दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् । आइतबार दिउँसो रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा घरटहरा बनाई बसोबास गर्दैआएकाहरु र प्रहरीबीच झडप हुँदा चार जना मारिएका थिए ।

केपी ओली नेतृत्वको सरकारको गलत निर्णयको परिणामस्वरुप रुपन्देहीको मोतिपुर रणमैदान बन्न पुगेको उनीहरुको आरोप छ । ‘औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगरी गत फागुन २१ गते तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरि मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणामस्वरुप आज मोतिपुर क्षेत्र रणमैदान भएको छ,’ विद्यार्थी संगठनहरुले भनेका छन्, ‘अनाहकमा जनताको ज्यान गएको छ । यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ ।’

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

गत २१ फागुनमा तत्कालिन सरकारका अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेलले स्थानीयको विरोधका बाबजुद मोतिपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

२४ असोजमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो । दशैँको मुखमा सुकुम्बासी जनताको अनाहकमा ज्यान जाने गरी भएको घटनाका दोषीप्रति विद्यार्थी संगठनहरुले घोर निन्दा र भत्र्सना गरेका छन् ।

प्रकाशित : आश्विन २६, २०७८ १४:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×