२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सानीभेरीमा जिप दुर्घटना : एकको मृत्यु, २ जना घाइते

हरि गौतम

रुकुम पश्चिम — सानीभेरी गाउँपालिका–११, अर्मापाखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ३ बजेतिर जिप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका वडा नम्बर ९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो ।

यात्रु छाडेर फर्किने क्रममा ग १ ज ४४५४ नम्बरको जिप सडकबाट १ सय मिटर तर खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते हुनेमा सानीभेरी गाउँपालिका–३ का ३ का १९ वर्षीय समीर परियार र वडा नम्बर १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था सामन्य रहेको र उपचारका लागि चौरजहारी अस्पताल लगिएको छ ।

प्रकाशित : आश्विन २४, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?